aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माण्डु हाइड्रोपावरले प्रस्ताव गर्यो १० प्रतिशत नगद लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ कार्तिक २०८०
माण्डु हाइड्रोपावरले प्रस्ताव गर्यो १० प्रतिशत नगद लाभांश

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारको आधारमा कर समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश पारितका लागि मंसिर १५ गते १२औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा छाँया सेन्टर, ठमेल, काठमाडौंमा विहान १० बजे कम्पनीले सभा बोलाएको हो । सभाले लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृति प्रदान गर्नेछ ।

साथै सर्वसाधारण शेय्रधनीहरूको तर्फबाट एक जना सञ्चालक निर्वाचन र संस्थापक तर्फको सञ्चालक नियुक्तीको विषयलाई समेत सभाले अनुमोदन गर्नेछ । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस