काठमाडौं । भोलि शनिबार काठमाडौं उपत्यकाका यी स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएको छ । स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो
नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबार जारी गरेको सूचनाका अनुसार सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसारमा विद्युत आपूर्ति बन्द हुने छ ।
त्यस्तै, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्यल्ुत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस