
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले रू. ९८ करोड बराबरको आईपीओ निष्कासन गर्नका लागि कात्तिक १५ गते सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न स्वीकृती पाएपछि ९८ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको गत कात्तिक ११ गते बसेको विशेष साधारणसभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मूख्य प्रस्ताव पारित गरेको थियो । यस कम्पनीले काठमाण्डौको बूढानीलकण्ठमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस