aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भूकम्पले घर भत्काएका बाहेक अन्य ठाउँमा विद्युत् सुचारु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ कार्तिक २०८०
भूकम्पले घर भत्काएका बाहेक अन्य ठाउँमा विद्युत् सुचारु

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षतिपुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारु गरेको हो ।

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरुको लाइन सुचारु गरिएको बताए । यादवले घरहरु भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिंदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे । उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रुपमा आपूर्ति भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस