काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९६ करोड ८६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा कम भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष २ करोड ७३ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड ९० लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।
कम्पनीको आम्दानी यस वर्ष घटेको छ । गत वर्ष ७ करोड ६ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ८५ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने २३ करोड ७३ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।
कम्पनीले लिएको कर्जा तथा सापटी १ अर्ब २० करोड २६ लाख रूपैयाँभन्दा बढी छ । यो रकम गत वर्षको यस अवधिसम्म १ अर्ब २६ करोड २३ लाख रूपैयाँभन्दा बढी रहेको थियो । प्रतिशेयर आम्दानी ४ रूपैयाँ ८४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ भने ७० रूपैयाँ ३३ पैसा छ ।
प्रतिक्रिया दिनुहोस