aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सानिमा माई हाइड्रोपावरले विद्युत बेचेर कमायो करिब ३३ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० कार्तिक २०८०
सानिमा माई हाइड्रोपावरले विद्युत बेचेर कमायो करिब ३३ करोड

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा माई हाइड्रोपावर लिमिटेडले ३२ करोड ९८ लाख रूपैयाँभन्दा बढीको विद्युत बिक्री गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ३२ करोड १७ लाख रूपैयाभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष साढे २ प्रतिशत बढीको विद्युत बिक्री गरेको हो ।

कम्पनीको खुद नाफा करिब ६ प्रतिशत बढेको छ । गत वर्ष २३ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २४ करोड ६२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीका खुद नाफा करिब ६ प्रतिशत बढेको हो ।

यस वर्ष कम्पनीको वित्तीय खर्च साढे १९ प्रतिशत घटेको छ । गत वर्ष ३ करोड ३२ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड ६७ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रूपैयाँ रहेको छ । रिडेन्ड अर्निग १ अर्ब ४२ करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको छ भने अन्ग जगेडा ५५ करोड ७९ लाख रूपैयाँभन्दा बढी छ । कुल दायित्व १ अर्ब ४८ करोड रूपैयाँ रहेको छ भने कुल सम्पत्ति ६ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी रहेको छ । प्रतिशेयर आम्दानी ७ रूपैयाँ ९७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रूपैयाँ १७ पैसा छ ।
 
 

प्रतिक्रिया दिनुहोस