काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ३ करोड ४३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा गत वर्षको तुलनामा २८ दशमलव २१ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ६८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको आम्दानी घटेको भएपनि वित्तीय खर्च कम हुँदा नाफा बढेको हो । गत वर्ष ७ करोड ५१ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ७ करोड ४१ लाख रूपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च रकम यस वर्ष १३८ प्रतिशत बढेको छ ।
गत वर्ष १३ लाख ५२ हजार रूपैयाँ खर्च गरेको कम्पनीले यस वर्ष ३२ लाख १८ हजार रूपैयाँ खर्च गरेको हो । वित्तीय खर्च यस वर्ष ३१ दशमलव ३६ प्रतिशत कम भएको छ । गत वर्ष २ करोड ८० लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ९२ लाख रूपैयाँभन्दा बढी मात्र खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ८० करोड २५ लाख रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने १६ करोड ६७ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा गत वर्षको तुलनामा ३५ प्रतिशत कम ६० करोड २३ लाख रूपैयाँ छ ।
अल्पकालिन कर्जा गत वर्षभन्दा ६३ दशमलव २३ प्रतिशत कम १ करोड ८६ लाख रूपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी ४ रूपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रूपैयाा २२ पैसा छ ।
प्रतिक्रिया दिनुहोस