aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रिलायबल नेपाल लाइफले गर्यो एक करोड दाबी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० कार्तिक २०८०
रिलायबल नेपाल लाइफले गर्यो एक करोड दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मृतक बिमितको परिवारलाई दाबी भुक्तानी गरेको छ । प्रदिप ज्ञवालीले २०७८ कात्तिक २९ गते ५० लाख बराबरको बिमालेख खरिद गरेका थिए । 

उनको २०८० बैशाख २४ गते दुर्घटनाको कारणबाट मृत्यु भएको थियो ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृतकी आमा टिका कुमारी घिमिरेलाइ एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ ।

उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल, एजेन्सि म्यानेजर नवराज पौडेल, लिलाधर कडेल लगायत ज्ञवालीको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस