aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ब्रोइलर कुखुराको मासुको मूल्यमा भारी गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
ब्रोइलर कुखुराको मासुको मूल्यमा भारी गिरावट

काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । कुखुरा मासुको मूल्य १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य ५० रुपैयाँले घटाएको नेपाल नेपाल कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । 

संघका अनुसार कात्तिक १२ गते यताको ९ दिनमा ५० रुपैयाँले प्रतिकिलो मूल्य घटेको छ । संघले १२ कात्तिकमा प्रतिकिलो मूल्य २८० रुपैयाँबाट घटाएर २७० रुपैयाँ तोकेको थियो । त्यसको २ दिनपछि १४ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले मूल्य घटाएर २६० रुपैयाँ कायम गर्‍यो ।

कात्तिक १६ मा पुनः किलोमा १० रुपैयाँले घटेको मूल्य १९ कात्तिकमा २५० बाट घटेर २४० रुपैयाँमा आइपुगेको थियो । यस्तै सोमबार २० कात्तिकमा संघले पुनः प्रतिकिलो मूल्य १० रुपैयाँले घटाएर २३० रुपैयाँ तोकेको छ । सो मूल्य २१ कात्तिकदेखि लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस