aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका लगानीकर्तामा कात्तिक १९ गते उक्त हकप्रद शेयर बाँडफाँट गरिएको हो ।

कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये सर्वसाधारणतर्फ ६० हजार ६५० कित्ता र संस्थापतर्र्फ ८२ हजार १२३ कित्ता रहेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार संस्थापकतर्फको शेयर प्रतिकित्ता १०१ रूपैयाँ २ पैसा र सर्वसाधारणतर्फको शेयर प्रतिकित्ता २६० रूपैयाँ ५० पैसामा बोलपत्र पेश गर्नेहरूको हकमा समानुपातिक रुपमा बाँडफाँट गरिएको हो । 

यो शेयर बाँडफाँटमा नपरेको शेयर वापतको रकम कात्तिक २२ गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले यस अघि भदौ १० गतेदेखि ३१ गतेसम्म विक्री ३५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको यो शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरी असोज १२ गते बाँडफाँट गरेको थियो । अवितरित हकप्रद शेयर समेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६१ करोड २ लाख रुपैयाँ कायम भएको छ । 
 

प्रतिक्रिया दिनुहोस