aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सागर डिष्टिलरीले प्रिमियममा आईपीओ जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
सागर डिष्टिलरीले प्रिमियममा आईपीओ जारी गर्ने

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित मङ्सिर १५ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । 

कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन प्रस्तावसँगै सो कार्यका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । 

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
 

प्रतिक्रिया दिनुहोस