aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने

काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले द एभरेष्ट होटल, बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्कासन गर्ने र त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय समेत पारित गर्नेछ । समान उदेश्य भएको अन्य कम्पनी यस कम्पनीमा गाभिने सम्बन्धमा पनि सभामा छलफल हुनेछ । 

आगामी कार्यकालका लागि सञ्चालकहरूको निर्वाचनका आधारमा सञ्चालक समिति गठन गर्ने विषय पनि सभाका लागि तय भएको छ । उल्लेखित प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पनि सभाले पारित गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस