
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ८ दशमलव ४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ५५ करोड ५६ लाख रूपैयाँ रहेको छ । सोही पूाजीको आधरामा ४ करोड ६७ लाख ८७ हजार ३६८ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रस्तावित यो लाभांश नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस