काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ९९ लाख ६४ हजार रूपैयाँभन्दा बढी खुद नाफामा रहेको थियो ।
असार २ गतेको बाढीका कारण पूर्ण रुपमा क्षति पुगेका कारण यो त्रैमासमा कम्पनीले विद्युत विक्री गर्न सकेको छैन् । विद्युत विक्री आम्दानी नभएका कारण कम्पनी नोक्सानीमा गएको हो ।
गत वर्षको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट ३ करोड २४ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च पनि बढेको छ । गत वर्ष ४० लाख ३४ हजार रूपैयाँ वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ५० लाख ८० हजार रूपैयाँ वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग ४८ लाख ९२ हजार रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ भने शेयर प्रिमियममा ४ करोड ३७ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
वार्षिक प्रतिशेयर १५ रूपैयाँ ६६ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रूपैयाँ २५ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस