aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ कार्तिक २०८०
सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।  कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको कुल १३ दशमलव ६८४२ प्रतिशतले हुन आउने १ करोड ३० लाख ३२ हजार ५६८.४२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ६२८.४२ रुपैयाँबराबरको नगद लाभांश छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्ने जनाएको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस