aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ङादी ग्रुप पावरले विद्युत विक्रीबाट कमायो करिब ५ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ कार्तिक २०८०
ङादी ग्रुप पावरले विद्युत विक्रीबाट कमायो करिब ५ करोड

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ करोड ८२ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेको हो । 

गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट ४ करोड ६६ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको छ । विद्युत विक्री खर्च भने गत वर्ष ६६ लाख ७८ हजार रूपैयाँ रहेकोमा यस वर्ष १९ लाख रूपैयाँभन्दा बढी भएको छ ।

व्यवस्थापन खर्च बढ्दा यस वर्ष कम्पनीको सञ्चालन नाफासँगै खुद नाफा घटेको छ । गत वर्ष १२ करोड ६४ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ७१ लाख रूपैयाँभन्दा बढी यो नाफा गरेको छ ।

खुद नाफा यस वर्ष २ करोड ४४ लाख रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ९ करोड ९४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । वित्तीय खर्च यस वर्ष घटेको छ । गत वर्ष १ करोड ९७ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २२ लाख १६ हजार रूपैयाँभन्दा बढी भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रूपैयाँ रहेको छ । अन्य इक्वीटी ८ करोड ८७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ८ करोड ३८ लाख रूपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रूपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रूपैयाँ ३२ पैसा छ ।
 

प्रतिक्रिया दिनुहोस