aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एभरेष्ट बैंकद्वारा भूकम्प पीडितलाई २५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ कार्तिक २०८०
एभरेष्ट बैंकद्वारा भूकम्प पीडितलाई २५ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जाजरकोट भूकम्पपीडित सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ ।

उक्त रकमबाट भूकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ । 

एभरेष्ट बैंकले १३ लाखभन्दा बढी ग्राहकहरूलाई १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एमएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस