
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा प्रति शेयर ६० रूपैयाा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी १२ करोड १० लाख रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नगद लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष पनि कम्पनीले ६० प्रतिशतनै नगद लाभांश वितरण गरेको थियो । हालसम्मकै लाभांश वितरणको अवस्थालाई हेर्दा कम्पनीले नगद लाभांश मात्र वितरण गरेको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस