aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख १३ हजार ठगी गर्ने श्रेष्ठ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ कार्तिक २०८०
इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख १३ हजार ठगी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं ।  इस्टोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा हाल तार्केश्वर नगरपालिका-१ बस्ने गोरखा पृथ्वी नारायण नगरपालिका(६ का ३५ वर्षीय राजेश श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको  छ ।

श्रेष्ठले ५  जनालाई वैदेशिक रोजगारका लागि इस्टोनिया पठाई सुपर मार्केटको स्टोर किपरमा १ लाख ५० हजार रुपैयाँ तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ३४ लाख १३ हजार रूपैयाँ लिई लिएको पीडितले जनाएको छ । 

 ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।     
 

प्रतिक्रिया दिनुहोस