
काठमाडौं । शनिबारदेखि काठमाडौ महानगर ,नेपाल फ्लोरीकल्चयर एसोसिएसन , नेपाल चेम्बर अफ कमर्सले सयुक्त रुपमा काठमाडौमा सस्तो फूल बजार लगाएका छन् । भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको महानगरले जनाएको छ ।
नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिने महानगरले जनाएको छ । अबको ४ दिनमा महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि आग्रह गरेको छ ।
तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि अवरोध नगर्ने महानगर, नेपाल फ्लोरीकल्चयर एसोसिएसन र चेम्बर अफ कमर्शको सयुक्त टोलिले अनुगमन समेत गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस