
काठमाडौं । जगदम्बा मोटर्स प्रालि नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनले म्यासेन्जिङ एपलिकेशन भाइवरमार्फत डाउनलोड एन्ड विन चाडपर्व योजना ल्याएको छ । यो प्रतियोगितामा सहभागिता जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्र्दछ । साथै विजेता लक्की ड्र मार्फत चयन गरिनेछ ।
प्रतियोगितामा एक जना विजेताले बम्बर उपहार स्वरुप टिभिएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ । यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इनजीन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासिक स्टाइललाई मूर्त रुप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासिक स्कुटर हो । टिभिएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ जसले सबै उचाईका चालकहरुलाई सहजता सुनिश्चित गर्दछ ।
जगदम्बा मोटर्स प्रा.लि.का एमडी शाहिल अग्रवालले भन्नुभयो–‘हामी सदैव हाम्रा ग्राहकलाई अतिरिक्त लाभ प्रदान गर्न नयाँ तथा नवीनतम योजना ल्याइरहेका छौं जुन हाम्रो बिक्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ । हामीलाई विश्वास छ कि यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् र हामीले अत्याधिक प्रतिक्रियाहरु प्राप्त गर्नेछौं ।’
प्रतिक्रिया दिनुहोस