aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ओरियन्टल होटलको बुक क्लोज मंगलबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
ओरियन्टल होटलको बुक क्लोज मंगलबार

काठमाडौं । कात्तिक ७ गते वार्षिक साधारण सभा गर्न लागेको ओरियन्टल होटलले असोज २८ गतेदेखि बुक क्लोज गर्दैछ । होटलले गत वर्षको मुनाफाबाट शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको हो । 
साथै चुक्तापुँजीमा संस्थापकको हिस्सा ७० प्रतिशत र सर्वसाधारण्को हिस्सा ३० प्रतिशत कायम गर्ने विषय पनि छलफलका लागि तय भएको छ । बुक क्लोजको आधारमा साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न असोज २७ गतेसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस