aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

खर्च बढेसँगै अपि पावर कम्पनी नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० कार्तिक २०८०
खर्च बढेसँगै अपि पावर कम्पनी नोक्सानीमा

काठमाडौं । अपि पावर कम्पनी  लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. ४ करोड भन्दा बढी नोकसानीमा रहेको छ ।

गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ३ करोड ९६ लाख नाफामा थियो । चालू आवमा कम्पनीको खर्च बढेसँगै नोक्सानीमा गएको हो । कम्पनीको खर्च गत आवको तुलनामा चालू आवमा १८० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल खर्च रू. ९ करोड २९ लाख रहेकोमा चालू आवमा बढेर रू. २६ करोड पुगेको हो । 

त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा ७२ प्रतिशत भएको छ । गत आवमा कम्पनीले विद्य्ुत विक्री बापत रू. १५ करोड १८ लाख रहेकोमा चालू आवमा बढेर रू. २६ करोड १६ लाख पुगेको छ । 

कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी २९ पैसा ऋणात्मक रहेको छ । गत आवमा भने कम्पनी प्रतिशेयर आम्दानी ४ रुपैयाँ १३ पैसा धनात्मक थियो । त्यस्तै चुक्ता पूँजी रू.५ अर्ब ६६ करोड रहेको कम्पनीले जगेडााम रू. १३ करोड ८८ लाख सञ्चिती गरेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ४५ पैसा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस