
कठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा केही घटेको छ । गत आवमा कम्पनीले १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा चालू आवको सोही अवधिमा घटेर १ करोड ५३ लाख रुपैयाँमा झरेको हो ।
हालसम्ममा कम्पनीले विद्युत उत्पादन शुरु गरेको छैन । कम्पनीको चुक्ता पूँजी रू. ६ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । जगेडा कोष. ३५ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको पहिलो त्रैमासमा पनि कम्पनी रू.३० करोड ३४ लाख नोक्सानीमा थियो ।
कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ९० पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ८७ पैसा रहेको छ । यस कम्पनीद्धारा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र २ टिमुरेको सिमानामा हुदै बहने भोटेकासी नदिको पानी उपयोग गरर १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण भइरहेको कम्पनीले वित्तीय विवरण मार्फत जानकारी गराएको छ । आयोजनाको निर्माणको हालको समष्टिगत भौतिक प्रगति ९७ प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस