aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

करिब ५७ प्रतिशत विद्युत विक्री घट्दा रिडी पावर यस वर्ष नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ मंसिर २०८०
करिब ५७ प्रतिशत विद्युत विक्री घट्दा रिडी पावर यस वर्ष नोक्सानीमा

काठमाडौं । रिडी पावर कम्पनी यस वर्ष ४ करोड ७५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा गएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ४४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी करिब ५७ प्रतिशत कम हुँदा कम्पनी नोक्सानीमा गएको हो । गत वर्ष ९ करोड २९ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड २ लाख रूपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । 

यस त्रैमाससम्म बाढीका कारणबाट क्षतिग्रस्त भई इवा खोला जलविद्युत आयोजनाबाट आम्दानी हुन नसक्दा यो वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार रूपैयाँ रहेको छ । क्यापिटल रिजर्भ ६ करोड ६९ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ३ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कर्जामा भने कमि आएको छ ।

 गत वर्ष ३ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी रहेको कर्जा रकम यस वर्ष ३ अर्ब २९ करोड रूपैयाँभन्दा बढी कायम भएको हो । वार्षिक ७७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०२ रूपैयाँ ३८ पैसा रहेको छ । पहिलो त्रैमासमा बैंकको ब्याज बृद्धि हुँदा खुद आम्दानीमा कमि आएको जानकारी दिदैं कम्पनीले आगामी दिनमा ब्याज खर्चमा कमि आउँदा नाफामा सुधार हुने अपेक्षा गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस