
काठमाडौं । कपीको समर्थन मूल्य तय भएको छ । सरकारले चालु आर्थिक वर्षको लागि कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । सरकारले हरेक वर्ष मंसिर १ गते कफीको न्यूनतम समर्थन मूल्य तोकेर राष्ट्रिय कफी दिवस मनाउने गरेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार चालु आर्थिक वर्षको लागि तीन प्रकारको कफीको न्यूनतम मूल्य निर्धारण गरिएको हो । जसअनुसार ए ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो १ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, बी ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ । यसैगरी पार्चमेन्ट कफीतर्फ ए ग्रेडको कफीलाई ५ सय रुपैयाँ र बी ग्रेडको कफीलाई ४ सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको बोर्डले जनाएको छ । त्यस्तै, ड्राई चेरी कफीतर्फ ए ग्रेडको कफीलाई प्रतिकिलो २ सय र बी ग्रेडको कफीलार्य १ सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस