
काठमाडौं । नेपाल क्लियरिङ हाउसले पनि लाभांश घटाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कूल ३० प्रतिशत लाभांश दिने भएको हो। गत वर्ष कम्पनीले कूल ४० प्रतिशत लाभांश दिएको थियो।
गत आर्थिक वर्षको कम्पनीको नाफाबाट २८.५० प्रतिशत बोनस र १.५० प्रतिशत नगद कर प्रयोजनका लागि दिने प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीहरुलाई वितरण गर्नेछ। लाभांश वितरण सहित विभिन्न प्रस्तावहरु पारित गर्न कम्पनीले मंसिर १७ गते आइतबारका लागि साधारणसभा आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस