
गुराँस लाइफ इन्स्योरेन्सले बिहिबार वार्षिक साधारण सभा गर्ने भएको छ । विहान ११ बजे बानेश्वर ब्याङक्वेट थापागाउँमा हुने छ। उक्त सभाले ८ प्रतिशत बोनस शेयर , कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पेश हुनेछ साथै बोनस शेयरपश्चात र ५० प्रतिशत हकप्रद पछि कायम चुक्तापूँजीको शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्तावमा छलफल हुनेछ ।
साथै सञ्चालक समितिका सञ्चालक रिषी कुमार गाडीयाको राजीनामा पश्चात रिक्त पदमा बाँकी अवधिको लागि सौरभ दुगडको नियुक्ति अनुमोदन समेत सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत ६ गतेदेखि बुक क्लोज गरेकाले चैत ५ गतेसम्म कायम सदस्यहरुले मात्र सभामा भाग लिई लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस