aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ मंसिर २०८०
भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बाडफाँट गरेको छ । मंगलबार बिहान विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो ।  

कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ २ लाख ७ हजार ५२८ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । साथै पाँच जनालाई ११ कित्ता परेको छ । ९ लाख ४९ हजार ३९९ जना आवेदकको भने हात खाली भएको छ।

कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अुनमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस