
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजबाट बुक बिल्डिङ प्रणालीमार्फत शेयर निष्काशन विक्री खुला गरेको छ। बुक बिल्डिङमार्फत नेपालमा यो पहिलो पटक शेयर जारी भएको हो।
कम्पनीको जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक विल्डिङ्ग प्रणालीमार्फत् निष्काशन गरेको हो ।
जसमध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता शेयरको लागि शुरुमा बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल विधिमा योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोलमार्फत् शेयर बिक्री गरेको छ । कम्पनीको आईपीओमा मंसिर १० गतेभित्र शीलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस