aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

वित्तीय खर्च बढेसँगै बलेफी हाइड्रोपावरको नोक्सानी बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ मंसिर २०८०
वित्तीय खर्च बढेसँगै बलेफी हाइड्रोपावरको नोक्सानी बढ्यो

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड १६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म २ लाख ४३ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । गत वर्ष पहिलो त्रैमाससम्म वित्तीय खर्च नगरेको कम्पनीले यस वर्ष भने २० करोड ३३ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको छ । 

गत वर्ष यस अवधिसम्म विद्युत विक्री आम्दानी नगरेको कम्पनीले यस वर्ष २५ करोड ५२ लाख रूपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको छ । विक्री खर्च भने यस वर्ष ४६ करोड ७१ लाख रूपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने ४३ करोड ५७ लाख रूपैयाँभन्दा बढी रहेको छ । दिर्घकालिन कर्जा यस वर्ष बढेको छ । 

गत वर्ष ५ अर्ब १९ करोड रूपैयाँभन्दा बढी रहेको दिर्घकालिन कर्जा यस वर्ष ६ अर्ब ६३ करोड रूपैयाँ रहेको छ । अल्पकालिन कर्जा भने घटेको छ । गत वर्ष ९० करोड ४ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ३२ करोड १० लाख रूपैयाँभन्दा बढी रहेको छ । कम्पनी चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ रूपैयाँ ४७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७६ रूपैयाँ १६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस