aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ मंसिर २०८०
इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सम्मानित भएको छ । यस कम्पनी इन्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को (रनर अप)को रुपमा सम्मानित भएको हो । 

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो । 

भारतको मुम्बईमा आयोजित भव्य समारोहकाबीच आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन् । उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य अन्य बीमा कम्पनीहरुको पनि सहभागिता रहेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस