
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड’को चौंथो संस्करणमा ‘बेस्ट स्ट्राटेजिज् फर इन्स्योरेन्स स्प्रेडिङ’ अवार्ड जितेको छ ।
नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पुर्याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरू मध्येबाट उत्कृष्टहरूलाई इण्डियन चेम्बर अफ कमर्सले विगत ४ वर्ष देखी यो अवार्ड दिँदै आएको छ ।
भारतको मुम्बईमा आयोजित एक समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनी भरिमा बीमासम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो ।
सिटिजन लाइफ इन्स्योरेन्सले वि.सं. २०७४ भदौ ७ देखि नेपाल बीमा प्राधिकरणबाट संचालनको अनुमति पाई २०७४ साल कात्तिक २ गतेबाट सेवा प्रवाह थालेको थियो । हाल कम्पनीले देश भरका १४१ शाखा, उपशाखाहरू र लगभग ६१,००० भन्दा बढी अभिकर्ताहरूबाट सेवाग्राहीहरूलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै सेवा प्रवाहमा गरिरहेको जनाएको छ ।
आफ्ना ग्राहक वर्गको भविष्यमा आइपर्न सक्ने कुनै पनि आर्थिक जोखिमका बिरुद्ध आर्थिक र वित्तीय सुरक्षाको ग्यारेण्टी दिनसक्ने भरपर्दो र विश्वासिलो बीमा कम्पनीको परिचय बनाउन सफल भएको कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस