aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत लाभांश पुस ६ गते पारित हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० मंसिर २०८०
एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत लाभांश पुस ६ गते पारित हुँदै

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोर्खा होटल, धरान, सुनसरीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । 

साभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रादान गर्नेछ । कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा कर समेत १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रूपैयाँ रहेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १४ दशमलव ७५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । त्यस अघिको वर्ष भने कम्पनीले कर समेत ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यी प्रस्तावसँगै संस्थापक समूहबाट एक जना सञ्चालक निर्वाचनको कार्याक्रम समेत सभाका लागि तय भएको छ । संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताव गर्दै कम्पनीले उक्त कार्यका लागि सभामार्फत सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर २४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस