
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । मङ्सिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफालाई सञ्चित गदैं लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनलाई स्वीकृति प्रदान गर्दै नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेश गर्ने निर्णय समेत मङ्सिर ८ गतेको बैठकले गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ३१ करोड ९८ लाख १८ हजार रूपैयाँ रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको शेयर प्रिमियममा ४ करोड ५५ लाख रूपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष रकम १० करोड ५३ लाख रूपैयाँभन्दा बढी छ ।
रिटेन्ड अर्निग १ करोड १ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । सिभिल लघुवित्तले नाम परिवर्तन गरी हिमालयन लघुवित्त कायम गरेको हो । यस कम्पनीले विगतमा वर्षहरूमा अधिकतम २० प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कम्पनीले हालसम्मकै बढी १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस