aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मेन्छियाम हाइड्रोपावरको साधारण सभा पुस २ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ मंसिर २०८०
मेन्छियाम हाइड्रोपावरको साधारण सभा पुस २ गते हुने

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले पुस २ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । भर्खरै आईपीओ जारी गरेको कम्पनीले लैनचौर व्याङक्युट, लैनचौर, काठमाडौंमा साझ ५ बजे सभा गर्न लागेको हो । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू  आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै सञ्चालक समिति गठनको विषय पनि सभाका लागि तय भएको छ ।  

धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीले साधारण सभाका लागि बुक क्लोजको मिति भने सूचनामा उल्लेख गरेको छैन् ।
 

प्रतिक्रिया दिनुहोस