aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नगद लाभांश लिन तारागाउँ रिजेन्सी होटल्सको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ मंसिर २०८०
नगद लाभांश लिन तारागाउँ रिजेन्सी होटल्सको अनुरोध

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।  होटेल्सको विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश केही शेयरधनीले हालसम्म पनि बुभिनलिएको हुँदा यथाशिघ्र लिन अनुरोध गरेको छ । 

नगद लाभांश लिन बाँकी शेयरधनीले होटेल्सको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ । साथै हालसम्म पनि शेयर अभौतिकीकरण गरेका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खालेको सम्बन्धीत निक्षेप सदस्यमा सम्र्पक गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गर्नु पर्नेछ ।

त्यसपछि डिम्याट खातामा आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गरेपछि नगद लाभांश बैंक खातामानै प्राप्त हुनेछ । शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस