aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ मंसिर २०८०
त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मंगलबार त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर बुधवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

कम्पनीले सर्वसाधारण शेयरधनीहरु (कर्मचारीहरु समेत) मा वितरण गरेको ३७ लाख ५ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ४८ लाख कित्ता गरेर कुल १ करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ८९ दशमलव ३८ देखि २६८ दशमलव १४ ओपन रेञ्ज पाउने देखिएको छ । सोही रेञ्जको आधारमा कम्पनीको शेयर बुधवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

कम्पनीको स्टक सिम्बोल टिभिसीएल रहेको छ । शेयर सूचीकरण पश्चात दिनु पर्ने आरटिएस सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस