aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेशनल बैंकिङ ईन्ष्टिच्युटले बोलायो साधारण सभा, लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ मंसिर २०८०
नेशनल बैंकिङ ईन्ष्टिच्युटले बोलायो साधारण सभा, लाभांश प्रस्ताव

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट लिमिटेडले पुस ५ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । होटेल याक एण्ड यति, काठमाडौंमा अपरान्ह ४ बजे कम्पनीले सभा बोलाएको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई समेत टुङ्ग्याउनेछ । कम्पनीको अधिकृत पूँजी ४० करोड र जारी पूँजी ३० करोड कायम गर्ने प्रस्ताव सभाका लागि तय भएको छ । 

कम्पनीले चुक्तापूँजी १९ करोड ७५ लाख कायम गर्ने गरी २९५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव समेत गरेको छ । हाल कायम चुक्तापूँजीको आधारमा कर प्रयोजनका लागि १५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले नियुक्त गरेको स्वतन्त्र सञ्चालक र सञ्चालकलाई अनुमोदन पनि सभाले गर्नेछ । नेपाल बैंकर्स एशोसिएसनको तर्फबाट अनिल शर्मा स्वतन्त्र सञ्चालक र नेपाल एसबिआई बैंकको तर्फबाट राजेश कुमार पण्डालाई सञ्चालकमा कम्पनीको सञ्चालक समितिको बैठकले नियुक्त गरेको थियो ।

यस कम्पनीमा बैंक तथा वित्तीय संस्थाहरूको स्वामित्व बढाउन हाल कायम शेयरधनीहरूका अतिरित्त अन्य सम्पूर्ण क, ख, ग, घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी पूँजीको हदसम्म प्रतिशेयर १०० रूपैयामा शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
 

प्रतिक्रिया दिनुहोस