aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ मंसिर २०८०
युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । मङ्सिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो उदेश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

प्रस्तावित हकप्रद शेयर नियमनकारी निकायबाट स्वीकृत गराई आगामी साधारण सभाबाट पारित गराउने कम्पनीले जानकारी दिएको छ । साधारण सभाबाट पारित गरेपछि नेपाल धितोपत्र बोर्डको स्वीकृतिका लागि पेश हुनेछ । कम्पनीले यस वर्षका लाभांश प्रस्ताव हालसम्म गरेको छैन । 

गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २३ क्रोड ५ लाख रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड १० लाख रूपैयाँ कायम हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस