
काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव पारित गरेको छ । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रसताव गरेको हो ।
गत वर्षको मुनाफाबाट हाल कायम कायम चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रूपैयाँको आधारमा कर समेत ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस