aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गुराँस लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ मंसिर २०८०
गुराँस लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । मङ्सिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस कम्पनीले आर्थिक वर्ष ०७५/७६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको थियो । पहिलो आर्थिक वर्ष कुल ८ दशमलव शून्य १ प्रतिशत, दोस्रो वर्ष १७ दशमलव ७९६ र तेस्रो वर्ष ४ दशमलव २१०५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने वितरणयोग्य मुनाफा सञ्चित गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस