aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जनकपुरमा ‘बेलाको’ सोरूम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ मंसिर २०८०
जनकपुरमा ‘बेलाको’ सोरूम

काठमाडौं । दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री ब्राण्ड ‘बेलाको’ले जनकपुरमा सोरूम खोलेको छ । कांग्रेस नेता विमलेन्द्र निधिले सोरूम उद्‌घाटन गरेका हुन्‌ ।

बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल बासिदले जानकारी दिए । होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेसका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको उनको भनाइ छ ।

बेलाकोका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेलाको ब्राण्डमा ४३ थरीका सामानहरू उपलब्ध रहेको बताए । उनले सामग्री टिकाउ र भरपर्दो रहेको भन्दै ढुक्क भएर खरिद गर्न आग्रह गरे । बासिदले नेपालमा करिब २५ करोड रुपैयाँको लगानी बेलाकोमा गरेको बताइएको छ । उनको कम्पनीमा करिब ४५० कार्यरत रहेका छन्  ।

बेलाको ब्राण्डका सामग्री तथा उपकरणहरू बेलायत र कतारमा निकै लोकप्रिय छन् । दुई मुलुकको लोकप्रियताले हौसिएर आफ्नै देशमा बेलाका उपकरणहरू उपलब्ध गराउन थालेको प्रमुख कार्यकारी अधिकृत बासिदले बताए ।

बेलाको टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयागका सामग्री उत्पादन गर्दै आएको छ । बेलाको ब्राण्ड प्रवर्धनका लागि ब्राण्ड एम्बसहरमा प्रदीप खड्का रहेकाको अध्यक्ष हाजी मोहम्मद इस्राइलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस