aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आईपीओ निष्कासनको प्रस्तावसहित बन्दीपुर केवलकारले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ मंसिर २०८०
आईपीओ निष्कासनको प्रस्तावसहित बन्दीपुर केवलकारले बोलायो साधारण सभा

काठमाडौं । बन्दीपुर केवल कार एण्ड टुरिजम लिमिटेडले पुस १४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बन्दीपुर परियोजना प्राङ्गणमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सभाका लागि तय गरेको छ । सार्वजनिक निष्कासनका लागि आवश्यक सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

आईपीओ निष्कासन प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । साथै सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधाबारे पनि सभाका छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस