aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ बुधवार बाँडफाँट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ मंसिर २०८०
नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ बुधवार बाँडफाँट हुने

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बुधवार अर्थात मङ्सिर २० गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बुधवार बिहान १० बजे बाँडफाँट गर्ने तयारी रहेको गरिएको हो ।  

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा  अन्तिम दिनसम्ममा  १२ लाख ५७ हजार ७५६ जनाले कुल १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताको लागि आवेदन दिएका

छन् । यस आधारमा कम्पनीको आईपीओ १ लाख १४ हजार १२५ जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् ।  
 

प्रतिक्रिया दिनुहोस