
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले यस वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । मङ्सिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै सोही बैठकले उक्त निर्णय अनुसार नेपाल बीमा प्राधिकरणमा पेश गर्ने र स्वीकृत भएर आएपछि अनुमोदनको लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।
कम्पनीले अघिल्लो आव २०७८/७९ मा सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस