aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१२ कम्पनीको ४ अर्बभन्दा बढीको आईपीओ आउँदै, शेयर भर्ने खालको एउटै छैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
१२ कम्पनीको ४ अर्बभन्दा बढीको आईपीओ आउँदै, शेयर भर्ने खालको एउटै छैन

काठमाडौं । सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्नका लागि हाल १२ वटा कम्पनी पाइप लाइनमा छन् ।  ती कम्पनीले प्राथमिक शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । उक्त कम्पनीहरुले ४ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति मागेका हुन् ।

यसरी अनुमति माग्नेमा अधिकांश जलविद्युत् कम्पनीका रहेका छन् । आईपीओ निष्काशनको लागि ९ वटा हाइड्रोपावर, २ वटा अन्य समुह र एक मर्चेन्ट बैंकले अनुमति मागेका हुन् ।

आईपीओ निष्काशनको लागि अनुमति माग्ने कम्पनीहरुमध्ये नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता निष्काशनको अनुमति मागेको छ भने सिबिआइएल क्यापिटलले सबैभन्दा कम ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता निष्काशनको अनुमति मागेको छ ।

हाल शेयर बजारमा २० जलविद्युत् कम्पनीहरुको शेयरमूल्य आईपीओको मूल्यभन्दा पनि निकै तल झरिसकेको अवस्था छ । शेयर बजारबाट मुनाफा कमाउने आशामा अंकित मूल्य एक सय रुपैयाँमा नै शेयर खरीद गर्ने लगानीकर्ताले पनि अहिले लगानीको आधासम्म घाटा ब्यहोरेका छन् ।

थप निष्काशन हुने जलविद्युत्का शेयरमा फेरि घाटा खान कसैको पनि चाहना पनि छैन् र त्यस्ता कम्पनीमा लगानी गर्ने सम्भावना पनि देखिँदैन् । अहिले दोस्रो बजारमा राम्रा बैंक तथा अन्य कम्पनीको सेयर २ सय रुपैयाँमा फालाफाल बिक्री भइरहेका छन् । १८८१ अंकमा पुगेको नेप्से अहिले ११३७ अंकमा आइपुगेको छ । यस्तो समयमा राम्रा कम्पनीको शेयर छानेर किन्न सक्ने सम्भावना छ ।

शेयर बजार ओरालो लागेका कारण मर्चेन्ट बैंक पनि जलविद्युत् कम्पनीको आईपीओ बिक्री गर्न त्यति इच्छुक देखिएका छैनन् ।  पछिल्लो समय धितोपत्र निष्काशन गर्ने मर्चेन्ट बैंकहरु जलविद्युत् कम्पनीहरुको शेयर बिक्री हुन छाडेपछि दिक्दार छन् ।

धेरै हाइड्रोपावर कम्पनीहरुको शेयर स्थानीयले पनि खरिद गर्न छाडेका छन् । सर्वसाधारणले दोस्रो बजारको हालत देखेर पनि खरिद गर्न छाडेका छन् । यसअघि पनि जलविद्युत् कम्पनीको शेयर बिक्री हुन छाडेको छ । पाइपलाइनमा रहेका जलविद्युत् कम्पनीको शेयरको हालत पनि त्यस्तै हुने लगानीकर्ताहरु बताउँछन् । 

धितोपत्रको दोस्रो बजारमा लाभांश वितरण गरिरहेका जलविद्युत् कम्पनीहरुको शेयर नै आईपीओभन्दा सस्तो मूल्यमा पाइरहेको अवस्थाले प्राथमिक बजारबाट ती कम्पनीको सबै शेयर बिक्री हुनेमा आशंका बढेको छ । छिट्टै लाभांश पाइने अथवा लाभांश पाइरहेका कम्पनीहरुको शेयर बिक्न छाडेर एक दशकसम्म लाभांश वितरण गर्न नसक्ने जलविद्युत् कम्पनीको शेयरमा कसले लगानी गर्ने ? भन्ने प्रश्न लगानीकर्ताले उठाउँदै आएका छन् ।

       कम्पनी                               समूह                    शेयर कित्ता
  नेपाल  बीमा  कम्पनी                                                १,६०,००,०००
  सिंगटी हाइडो इनर्जी                   जलविद्युत्                ४३,५०,०००
  माउन्टेन इनर्जी                          जलविद्युत्                ३९,३६,०५४
  लिवर्टी इनर्जी                             जलविद्युत्                ३७,५०,०००
  ग्रीनलाइफ हाइडोपावर                जलविद्युत्                ३४,९६,४००
  एनआरएन इन्फास्टक्चर               अन्य                         ३३,९८,०४६
  सीइडिपी हाइडोपावर                   जलविद्युत्                २५,१८,२३०
  युनाइटेड मोदी                            जलविद्युत्                १०,५०,०००
  मैलुङखोला                               जलविद्युत्                 ७,३६,२८६
  शुभम् पावर                               जलविद्युत्                ५,८०,५८०
  इमर्जिड. नेपाल                           अन्य                         ५,००,०००
  सिभिल क्यापिटल                       मर्चेन्ट बैंक                 ३,००,०००
   कुल कित्ता                                                           ४,०६,१५,५९६

प्रतिक्रिया दिनुहोस