काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने भएको छ । मङ्सिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रूपैयाँको आधारमा ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस