aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सान्जेन जलविद्युतले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ मंसिर २०८०
सान्जेन जलविद्युतले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले पुस २९ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक सूचनामा कम्पनीले साधारण सभा गर्ने स्थान र समय भने सार्वजनिक गरेको छैन् । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस