aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अप्पर सोलु हाइड्रोको साधारण सभा पुस २६ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ मंसिर २०८०
अप्पर सोलु हाइड्रोको साधारण सभा पुस २६ गते

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रीक  कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा लिसारा रिसेप्सन भगवति बहाल नक्सालमा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । 

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ३ गते देखि २६ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस २ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । मङ्सिर २२ मा बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस